कंगनाले बुझिन् २४ करोड

प्रकाशित मिति:

बलिउड अभिनेत्री कंगना रनावतले हालै आफ्नो नयाँ फिल्मको घोषणा गरेकी छन् । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी तमिलनाडुकी पूर्व मुख्यमन्त्री स्वर्गीय जयललिताको बायोपिक फिल्ममा उनी शनिबार अनुबन्ध भएकी हुन् ।

उनले आफ्नो जन्मदिनको अवसरमा फिल्म साइन गरेकी हुन् । मार्च २३ बाट उनी ३२ वर्षमा लागेकी छन् । १९८७ मा हिमाचल प्रदेशको मन्डीमा उनको जन्म भएको थियो ।
भारतीय मिडियाका अनुसार, जयललिताको बायोपिक फिल्मका लागि कंगनाले २४ करोड पारिश्रमिक बुझेकी छन् । सधैं अभिनेतासरह पारिश्रमिक अभिनेत्रीले पनि पाउनु पर्ने आवाज उठाउँदै आएकी उनी अब बलिउडकी सबैभन्दा महँगी अभिनेत्री बनेकी छन् । दुई वर्ष अगाडि इन्टरनेशनल स्टार प्रियंका चोपडा बलिउडकी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको लिस्टमा टपमा थिइन् ।

यसपछि उनलाई अभिनेत्री दीपिका पादुकोणले उछिनिन् । उनले फिल्म ुपद्मावतु का लागि १२ करोड पारिश्रमिक बुझेको चर्चा छ । अब उनलाई रिप्लेस गर्दै कंगना बलिउडकै सबैभन्दा महँगी अभिनेत्री बनेकी छन् । बलिउडमा चलेका अभिनेताले पनि २४ करोड हात पार्न सकेका छैनन् । हालसालै उनको नयाँ फिल्म ुमणिकर्णिकाु रिलिज भएको थियो, जसले बक्सअफिसमा राम्रो पैसा छापेको थियो । जयललिताको बायोपिकलाई दक्षिण भारतीय फिल्मका नामुद निर्देशक ए।एल। विजयले निर्देशन गर्दैछन् । तमिलनाडुमा जयललितालाई पुराची थलाईवीको नामबाट पनि चिनिने गरिन्थ्यो, जसको अर्थ हुन्छ ुक्रान्तिकारी नेताु । फिल्मको हिन्दी संस्करणको नाम जयाु राखिएको छ । जयललिताको भूमिकामा कंगना फिट हुने भएकै कारण अनुबन्ध गरेको निर्देशक विजयले बताएका छन् ।