आज सोमबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको ११ गते सोमबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र कृष्णपक्षको पञ्चमी तिथि राति १२।३१ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । विशाखा नक्षत्र दिवा ११।१९ बजेसम्म रहनेछ । आज वज्र योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६,५ मा छ भने सूर्यास्त बेलुका ६ १७ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज सोमबार शिवजीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।