काठमाडौमा मा २० किमी मेट्रो रेलका लागी अध्ययन

११ चैत्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
46 Shares


काठमाडौं । काठमाडौं उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलका लागि अध्ययन थालिएको छ। मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल विभागले जनाएको छ । आठ वर्ष पहिले नै पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको सातदोबाटोदेखि महाराजगञ्ज खण्डमा विस्तृत अध्ययन प्रतिवेदन गर्न लागिएको विभागका प्रवक्ता अमन चित्रकारले बताए। त्यसका लागि विभागले ठेक्का आह्वान गरिसकेको छ। मेट्रो रेलतर्फ नै सातदोबाटोदेखि खोकना र नारायणगोपाल चोकदेखि बूढानिलकण्ठ खण्डमा भने पूर्वसम्भाव्यता अध्ययन हुन नै बाँकी छ। यस खण्डमा पूर्वसम्भाव्यता अध्ययनका लागि ठेक्का प्रक्रिया अघि बढेको चित्रकारले बताए। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न