अध्यक्षमा उमेदवारी दिने चर्चामा रहेका बाबुराम लामाको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

प्रकाशित मिति:

अमेरीका । गैर आवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद एनसिसी अमेरिकाको आगामी निर्वाचनमा बाबुराम लामाले वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिने भएका छन् । बर्तमान कार्य समितिको महासचिव समेत रहेका लामा आफ्नो कार्यकालमा सर्वाधिक सफल र लोकप्रिय रहदै आएका छन् । विगतमा एनआरएन ईजरायलको महासचिव रहेर सफलता पूर्वक काम गरिसकेका लामाले अमेरिकाको एनआरएलाई संस्थागत रुपमा अघि बढाउँन उल्लेख्य भूमिका खेल्दै आएकाछन् । निर्वाचनको क्रममा सस्तो लोकप्रियताको निम्ति आफ्नो खास एजेण्डा र प्रतिबद्धता नरहेको बताउँदै लामाले संस्थाको लक्ष्य र उद्देश्य प्राप्तिको लागि संस्थाको विधानले निर्दिष्ट गर्ने काम, कर्तव्य र अधिकारको निम्ति सदैव लागि पर्ने बताए । सदस्य संख्याको हिसाबले एनआरएन अमेरिका अन्य देश भन्दा ठूलो देखिए पनि अझै संघले गर्नु पर्ने र गर्न सक्ने कामहरुको फेहरिस्ता लामै रहेको उनको भनाई छ ।

अध्यक्षमा उमेदवारी दिने चर्चाको चुलीमा रहेका बेला लामाले संघको दोस्रो बरियता क्रममा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएसँगै एनआरएन अमेरिकाको आगामी निर्वाचन परिदृश्य फरक बन्ने सरोकारवालाहरु बताउँछन । एनआरएन अमेरिकाको इतिहासमा सर्वाधिक सफल र लोकप्रिय महासचिव समेत रहेका लामा आगामी निर्वाचनमा तिनै कारणले विजयी हुने धेरैको अनुमान रहेको छ । एनआरएनमा आफु जनहितको लागि काम र सेवा गर्न निरन्तर रुपमा लागि परेको बताउँदै लामा अगाडि भन्छन् एनआरएनलाई सबैको साझा बनाउँन संस्था आफै समाबेशी र पारदर्शि हुनु अनिवार्य छ, यसैको पक्षमा म निरन्तर लागि पर्नेछु लामाले भने ।