मौसममा बदलि,पानी पर्ने सम्भावाना उच्च

प्रकाशित मिति:

काठमाण्डौ – उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम सोमबार बदली भई पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विषेशगरी सोमबार सुदूरपश्चिमका केही ठाउँ र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण सोमबार र मंगलबार देशभरकै मौसममा बदलीको सम्भावना रहेको छ । यद्यपी ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।सोमबार पश्चिमी वायुको प्रभाव पश्चिममा बढी पर्नेछ भने मंगलबार मध्य र पूर्वका भूभागमा पर्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । बुधबारदेखि भने मौससमा सुधार हुँदै जाने उहाँको अनुमान छ ।