एक , दुईता प्रचण्ड र केपीले चलाएर देश चल्दैन : भण्डारी

प्रकाशित मिति:

गुल्मी – पूर्ब सांसद रुद्रमणी शर्मा भण्डारीले अहिलेको सरकारले देश र जनतालाई राम्रो उपलब्धी दिन नसकेको बताउनुभयो ।  नेपाली कांग्रेस गुल्मीले आयोजना गरेको एतिहासिक जिल्ला सम्मेलनका क्रममा धुर्कोट गाउँपालिकाको बर्बोटमा छलफल एबम अन्तरकृया कार्यक्रमका प्रमुख अतिथी समेत रहेका भण्डारीले अराजक पार्टिलाई संसदिय ब्यबस्थामा ल्याउने पार्टी नेपाली कांग्रेस रहेको बताउनुभयो । बहुदलिय ब्यबस्थालाई ब्यवास्था गर्दै ‘खसिको टाउको देखाएर कुकुरको टाउको बेच्ने’ उग्र बामपन्थीहरु संसदिय ब्यबस्थामा आएर रमाउनु कुनै नौलो कुरा नभएको बताउनुभयो ।

उहाँले जोड्नुभयो , ‘सधैंभरी एउटाले चुनाव जित्न नसक्नु , पार्टी भित्रै अन्तर्घात हुनु, योग्य मान्छे उम्मेद्वार बन्न नपाउनु ‘ कांग्रेस पराजयको मुलकारण रहेको बताउनुभयो ।  पछील्लो समय नेपाली कांग्रेसका शिर्ष नेताहरुको कृयाकलाप देखेर आमजनमानस दुखी हुनुका साथै बिभिन्न भातृ संगठन जागरुप रुपले नलाग्नुका कारण कांग्रेसको गती सुस्त भएको बताउनुभयो ।  आफ्नो सत्रुलाई गल्ती गर्न दिदैँ जानुपर्छ र आफु सजग मात्र भए पुन कांग्रेसलाई पहिलेकै अवस्थामा ल्याउन सकिने बताउनुभयो । अनावस्यक बेटरी खर्चेर उनिहरुलाई गाली गर्दै हिंड्नुको कुनै तुक नरहेको समेत बताउनुभयो ।  एक , दुईता प्रचण्ड र केपीले गर्दा देशको अवस्था चक्नाचुर भएको बताउनुभयो । पार्टी भित्र आन्तरिक समस्याका कारणले आमजनमानसमा निराशाका किरण छर्नुजती पाप अरु नरहेको बताउनुभयो ।

प्रस्तुती : राम प्रसाद भण्डारी