प्रधानमन्त्री सिके राउतका प्रवक्ताः राजेन्द्र महतो

प्रकाशित मिति:

काठमाडौं  – राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन् । नेता महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रर्दशन गरिरहेको दाबीसमेत गरे । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महतोले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझि दिन पनि सबैलाई आग्रह गरे ।

नेता महतोले तत्कालीन माओवादी सशष्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर टीकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरीलगायतका राजनीतिक व्यक्तिहरुलाई जन्मकैदको सजाय दिइको उल्लेख गर्दै आपत्ति पनि जनाए । नेता महतोले झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टीकापुर घटनालाई पनि थरुहट आन्दोलनको रुपमा लिनुपर्ने जिकिर गरे ।