को हुन रुपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रिय सदस्य नेत्र !

प्रकाशित मिति:

बुटवल – लामो समय देखी राजनीतिमा सकृय नेत्र भट्टराई विद्यार्थी कालखण्डमा कहिले इकाई सचिब त कहिले जिल्ला उप- सभापति हुँदैँ नेबी संघ रुपन्देही जिल्लामा छुट्टै पहिचान बनाउन सफल भट्टराई हालै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सदस्यमा निर्वाचित भएका छन ।

सामाजिक कार्यमा सकृय रुपले लाग्ने भट्टराई कांग्रेसका एक आसा लाग्दा ब्यक्ती हुन । उनी स्थानिय जुनकुरी टोलको अध्यक्ष, बिपी बिचार राष्ट्रिय समाज रुपन्देहीको जिल्ला सह- सचिब हुँदैँ रुपन्देहीमा सकृय राजनीतिमा लागेका भट्टराई जनमानसलाई सकारात्मक प्रभाब पार्न माईर छन ।
रुपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति हरी लम्साल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा क्षेत्रिय सदस्यमा मनोनयन गरेको देख्न सकिन्छ ।