पश्चिम पहुनीलाई बाख्रापालनमा नमूना बनाइने

प्रदेश ५ सरकारले नौलो कार्यक्रममा रुपमा अघि सारेको स्मार्ट कृषि गाउं रुपन्देहीको तिलोत्तमा पश्चिम पहुनी पनि छनोट

प्रकाशित मिति:

सबलपोष्ट -बुटवल, ११ चैत । प्रदेश ५ सरकारले नौलो कार्यक्रममा रुपमा अघि सारेको स्मार्ट कृषि गाउं रुपन्देहीको तिलोत्तमा पश्चिम पहुनी पनि छनोट भएको छ । प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा  एक एक वटा स्मार्ट कृषि गाउ वटा बनाउने कार्यक्रम अन्तर्गत रुपन्देही २ (१) को तिलोत्तमा नगरपालिका–६स्थित पश्चिम पहुनी गाउं बाख्रापालनका लागि छनोट भएको हो । प्रदेश सरकारले स्मार्ट कृषि गाउं कार्यान्वयनका लागि ५० लाख रुपैयां प्रदान गर्नेछ । यो गाउंका ५३ घरधुरी मिलेर सामूहिक बाख्रापालन गर्नेछन् । हरेक परिवारले ५० हजारका दरले शेयर लगानी गरी साढे २ बिघा जग्गामा बाख्रा पाल्ने समूहका अध्यक्ष देवीप्रसाद भुसालले बताए । ५ वर्षभित्र १५ हजार बाख्रा पु¥याइने भुसालले बताए । विकासमा पछाडि परेको यो गाउंका जनताको जीवनस्तर माथि उठाउन स्मार्ट कृषि गाउं कार्यक्रममा छनोट गर्न आफूले पनि प्रदेश सभा सदस्य एवं मन्त्री लिला गिरीसंगै पहल गरेको वडा अध्यक्ष सुखदेव न्यौपाने बताउंछन् । भविष्यमा यो गाउंलाई बाख्रापालनमा देशकै नमूना बनाएर प्रधानमन्त्रीलाई अवलोकनका लागि ल्याउने अध्यक्ष न्यौपानेले उल्लेख गरे । बाख्रापालनका लागि बनाइने खोरको प्रदेश सभा सदस्य एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले शिलान्यास गरेका छन् । मन्त्री गिरीले अण काढेर विदेश गई विदेशमा पसिना बगाउनु भन्दा आफ्नै गाउंमा कृषि वा पशुपालन गर्न सुझाव दिए । उनले विदेशमा ५० हजार कमाउनु भन्दा गाउमा १५ हजार कमाउनु ठूलो हुने बताए । कार्यक्रम पश्चिम पहुनी बाख्रापालन समूहका अध्यक्ष देवीप्रसाद भुसालको अधयक्षता र सचिव झविन्द्र गिरीको संचालनमा भएका ेथियो ।