विप्लव समूहको प्रतिबन्धबारे कांग्रेसको यस्तो टिप्पणी

प्रकाशित मिति:

काठमाडौं – सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर झन् उत्तेजित बनाउने काम गरेको नेपाली कांग्रेसले बताएको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु बेठीक भएको ठहर गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । त्यस्तै कांग्रेसले हत्या हिंसा र हतियारको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेको छ ।

कांग्रेसले संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भए पनि प्रभावकारी नभएको ठहर गरेको छ । ‘संसदको हिउँदे अधिवेशनमा प्रश्नोत्तरका कार्यक्रम सुरु भए तर मन्त्री र प्रधानमन्त्री भाग्न खोजे’ प्रमुख सचेतक खाँणले भने ‘यो विषयलाई हामीले त्यसबेला पनि उठायौं । अर्को अधिवेशनमा पनि उठाउछौं ।’