नेपाल र कुवेतको दोस्रो खेल आज

प्रकाशित मिति:

काठमाडौं/ कुवेत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज ९सोमबार० दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो खेलमा गोलरहित बराबरी नतिजा निकालेको नेपालले दोस्रो खेलमा बराबरी नतिजा निकाल्ने रणनीति बनाएको छ । पहिलो खेलमा नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई रोकेका थिए । मैत्रीपूर्ण खेल नेपाली समयअनुसार बेलुका ९ः१५ बजे सुरु हुनेछ ।

नेपालका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने बताए । ‘हाम्रो प्रयास जितका लागि हुनेछ । तर पहिलो खेलको प्रदर्शनलाई निरन्तरता दिनेछौँ । कुवेत हामीविरुद्ध आक्रामक अवस्थामा रहनेछ । हामी उसलाई रोक्ने प्रयास गर्नेछौँ,’ उनले भने ।नेपालका कप्तान विराज महर्जनले कुवेत तुलनात्कमक रुपमा बलियो देखिए पनि नेपालले मैदानमा आफूलाई कमजोर नबनाउने दाबी गरे । ‘कुवेत हामीभन्दा बलियो छ । तर पहिलो खेलमा उसलाई हामी कम होइनौँ भनेर देखाएका छौं । हामी कुवेतलाई रोक्ने प्रयास गर्नेछौं,’ महर्जनले भने । कुवेत फिफा वरियतामा नेपालभन्दा माथि छ । वरियतामा कुवेत एक ५८ औं स्थानमा छ । नेपाल एक ६१ औं स्थानमा छ ।