छलफल कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा बर्दघाट सुस्ता पश्चिम नवलपरासीको आयोजनामा सामुदायिक वन कार्यान्वयनमा सघिंय, प्रदेश, स्थानिय नितिनियम र हाम्रो भुमिका विषयक छलफल कार्यक्रम सोमबार सुनवल ५ स्थित शहिद विष्णुपाण्डे प्रतिष्ठान बनकट्टीको सभा कक्षमा सम्पन्न भएको छ ।

महासंघका जिल्ला सदस्य कमल परियारको अध्यक्षता तथा महासंघका केन्द्रिय उपाध्यक्ष भिम प्रकाश खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले बैज्ञानिक वन ब्यवस्थापन महंगो र झंझटिलो भएको बताउदै सामुदायिक वनको र्मम र भावना विपरित भएको र यस ब्यवस्थाले यउटा पुस्तालाई मात्र फाइदा पुग्ने बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महासंघका केन्द्रिय सचिव ठाकुर प्रसाद भण्डारी, महासंघकी केन्द्रिय सदस्य गिता चौधरी, महासंघका प्रदेश नम्बर ५ का सदस्य नारायण पाण्डे, महासंघकी प्रदेश सदस्य लक्ष्मी बर्ताैला लगाएत जिल्ला भरिकै सामुदायिक वनका अध्यक्ष, सचिव, सदस्यहरु सहितको उपस्थिती रहेको थियो ।

सो अवसरमा सामुदायिक वन महासंघको भुमिका, त्यसको निती नियम, स्थापना कालदेखी नै हालसम्म सामुदायिवक वनका राम्रा र नराम्रा पक्ष, बैज्ञानिक वनको अनियमितता लगाएतका कुराहरु बारे छलफल भएको थियो । महासंघका जिल्ला उपाध्यक्ष दिलिप चापागाईको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासंघकी जिल्ला सचिव शारदा पोखरेलले गर्नुभएको थियो ।