लुम्बिनी प्रादेशिक अस्पताललाई २५ लाखको मेडिकल उपकरण हस्तान्तरण

प्रकाशित मिति:

कपिल ज्ञवाली,बुटवल-बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल उपकरणहरु हस्तान्तरण गरिएको छ ।सामाजिक काम गर्दै आएको लायन्स क्लब अफ बुटवल स्टार्सले २५ लाख बराबरको अत्याधुनिक ४ वटा उपकरण हस्तान्तरण गरेको हो ।

मेडिकल प्रयोगशालामा प्रयोग हुने अत्याधुनिक फुल्ली अटोमेटेड बायोकेमेस्ट्री मिस्पा सिसिएक्सएल,मिस्पा क्लग प्लस ,अनलाइन युपिएस,लगायतका उपकरण प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल,क्लवका अध्यक्ष एमएल पाण्डे लगायतले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कृष्ण प्रसाद खनाललाइ हस्तान्तरण गरेका हुन् ।यो उपकरणले प्रत्येक १ घण्टामा २ सय ४० भन्दा बढि ल्याव टेष्ट गर्न सक्ने छ । उपकरण हस्तान्तरण गर्दै बरालले उपकरणले बिरामीको उपचारमा सहज,सरल र प्रभाबकारिता थपिने बिश्वास ब्यक्त गरे ।उनले सरकारी अस्पतालको सेवा प्रबाह ,स्तर,सुबिधा र गुणस्तर बृद्धि गरेर आम जनतालाइ सहज सेवाको पहुंच बढाउन निर्देशन समेत दिए ।

थप समाचार