क्षेत्री समाज नेपाल प्रदेश ५ मा नया नेतृत्व,अध्यक्षमा भक्त वहादुर काकी निर्बाचित

प्रकाशित मिति:

बुटवल क्षेत्री समाज नेपाल प्रदेश ५ र क्षेत्री युवा समाज नेपाल केन्द्रिय तथा प्रदेश ५ को प्रथम भेला बुटवलमा सम्पन्न भएको छ । शनिवार बुटवलमा सम्पन्न सो भेलाले क्षेत्री समाज नेपाल प्रदेश ५ र क्षेत्री यवा समाज नेपालको केन्द्रिय तथा प्रदेश ५को समिति चयन समेत गरेको छ ।

केन्द्रिय उपाध्यक्ष लक्ष्मण थापाको संयोजक ,केन्द्रिय सचिव शंकर के.सी., केन्द्रिय सदस्यहरु विष्णु बहादुर कार्की , अनिता अधिकारी र पूर्व केन्द्रिय सदस्य मुञ्जुकला कुँवरको समितिले प्रदेश ५को क्षेत्री समाज नेपाल प्रदेश ५को समिति सर्वसम्मतिले निर्वाचत गरेको छ । समाजको प्रदेश ५मा अध्यक्ष भक्त वहादुर कार्की , उपाध्यक्षहरु मेयर सिह कुँवर , कूल बहादुर के.सी., गुप्त बहादुर खत्री , खिमलाल ओली , महिला उपाध्यक्ष सुलोचना नेपाल , सचिव दिपक बराल क्षेत्री , कोषाध्यक्ष प्रेम बहादुर बनिया , सहिसचिव अर्जुन कूवँर , सदस्यहरु पदम प्रताम जि.सी. , सावित्रा कुँवर , यम बहादुर क्षेत्री , टिका बहादुर ओली सर्वसम्मतिले निर्वाचित भएका छन् ।

त्यस्तै , सोही भेलाले क्षेत्री युवा समाजको केन्द्र र प्रदेश ५को समिति पनि गठन गरेको छ । सतिति चयन गर्नको लागि केन्द्रिय सचिव कृष्ण थापा, केन्द्रिय सहस्यहरु उमाशंकर खड्का , लाल बहादुर अधिकारी , नुमा थापा , सहित पूर्व केन्दिय सदस्य दल बहादुर जि.सीको समित गठन भएको थियो । सो समितिले क्षेत्री युवा समाज नेपालको केन्द्रिय समिती तर्फ अध्यक्षमा दिपक बहादुर गोदार (कास्की) , वरिष्ठ उपाध्यक्ष चित्रध्वज जि.सी. (नवलपुर) ,महिला उपाध्यक्ष कल्पना कार्की (चितवन), प्रथम उपाध्यक्ष दान बहादुर बस्नेत (कास्की ), द्धितिय उपाध्यक्ष भरत थापा ( कास्की) , सचिव देवजङ्ग क्षेत्री ( पर्वत), कोषाध्यक्ष राज के.सी. (रुपन्देही) , सहसचिव बाबुराम घिमिरे (तनहँु) तथा सदस्यहरु खुम बहादुर खत्री –नवलपुर) ,उमा अधिकारी खत्री ( नवलपुर), अर्जुन जि.सी. ( कास्की) , बेग बहादुर खत्री ( स्याङ्गजा) , सुन्दर प्रताप अधिकारी (तनहुँ) ,शंकर अधिकारी (तनहुँ), सुर्य बहादुर कुँवर ( अर्घाखाँची) , तिलक खत्री ( रोल्पा ) , राजन खत्री ( परासी) , लेख बहादुर थापा (परासी) र अमृता बस्नेत ( गुल्मी) लाई सर्वसम्मतिले निर्वाचित गरेको छ ।क्षेत्री युवा समाज नेपाल प्रदेश ५ तर्फ भने अध्यक्षमा झूपेन्द्र थापा –हरि ( रुपन्देही ),वरिष्ठ उपाध्यक्ष विक्रम खत्री(गुल्मी) , महिला उपाध्यक्ष कमला के.सी. (गुल्मी), उपाध्यक्ष तेज प्रसाद खनाल क्षेत्री ( अर्घाखाँची), सचिव कमल थापा ( गुल्मी ) ,कोषाध्यक्ष रेशम खनाल ( रुपन्देही) , सहसचिव असिम थापा( गुल्मी ) साथै सदस्यहरुमा मनबहादुर कुँवर (रुपन्देही),मिसन भण्डारी (परासी), सुरेन्द्र ज्ञवाली (अर्घाखाँची),रेशम खड्का( गुल्मी ) ,चित्र वहादुर वर्मा( परासी) , देव बहादुर भण्डारी (परासी), रेशम खत्री (रुपन्देही) , राजिव जंङ्ग कुँवर (गुल्मी) र छायादेवि खत्री (रुपन्देही ) पनि सर्वसम्मितले निर्वाचित भएका छन् ।