विप्लवको वुद्धिजीवि परिषदका भेरी कर्णाली इन्चार्ज पक्राउ

११ चैत्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
36 Shares


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भेरी कर्णाली वुद्धिजीवि परिषदका इन्चार्ज धनराज शाही कालिकोटमा पक्राउ परेका छन् ।उनलाई प्रहरीले कालिकोटको रातागामबाट सोमबार विहान ११ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर हरि बस्नेतले जानकारी दिए ।

शाही विप्लव समूहको कालिकोट जिल्ला जनसरकार प्रमुखसमेत हुन् । उनको साथबाट प्रहरीले जिलेटिन र बम बनाउन प्रयोग हुने विभिन्न सामग्री बरामद भएको प्रहरीले जानकारी दिएको छ ।‘कालिकोटमा एक घरमा बसिरहेको ठाउँबाट पक्राउ परेका हुन्, केही मान्छे भाग्न सफल भए’ इन्सपेक्टर बस्नेतले भने । शाही आफ्नो घरदेखि धेरै टाढाको गाउँमा पक्राउ परेका हुन् । शाहीसहितको टोली कुनै योजना साथ त्यहाँ बसेको हुनसक्ने प्रहरीको भनाइ छ ।प्रहरीले उनलाई मंगलबार अदालतमा पेश गर्ने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया