डोल्पाका डीएफओविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

प्रकाशित मिति:

काठमाडौं । फर्जी कागजात तयार गरी जडिबुटी निकासी गराउनमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनसन्धान आयोगले डोल्पाका तत्कालिन जिल्ला वन अधिकृत डीएफओ सहित ३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।जिल्ला वन अधिकृत रामविचारी ठाकुरसहित ३ जनाविरुद्ध १ करोड ४८ लाख ७९ हजार ६ सय ८० रुपैयाँ विगो दावी गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कर्मचारीहरुले निजी हकभोगको जग्गाबाट जटामसी संकलन गरेको भनी फर्जी कागजात तयार गरी सामुदायिक वन तथा राष्ट्रिय वनबाट संकलन भएको १,८५,९९६ किलोग्राम जटामसी जिल्ला बाहिर लैजान छोडपूर्जी दिएको अख्तियारले जनाएको छ ।आफू र अन्य व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने, सरकारी सम्पत्तिको बदनियतसाथ हिनामिना हानि नोक्सानी गरेको देखिएको अख्तियारको भनाइ छ । अख्तियारले वन कार्यालयका कर्मचारी रुद्रबहादुर बुढा र भीमबहादुर बुढाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।