राती सुत्नुअघि गर्नुहोस् यि काम घरमा लक्ष्मीको बास हुनेछ

प्रकाशित मिति:

जोतिषशास्त्र अनुसार, रातको लागि केहि यस्तो काम बताइएको छ जसलाइ पालना गरे फलिफाप हुन्छ । यी काम र नियमलाई अपनाउनाले घरमा सदैव लक्ष्मीको कृपा बनिरहन्छ ।

सुत्नुभन्दा पहिला यस्ता काम गर्नुहोस्ः राती घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ । पूजा घर वा देव स्थानमा राती दियो बाल्नाले घरमा लक्ष्मीको वास रहन्छ ।सुत्नुभन्दा पहिला आफ्नो गोडा धुनपर्छ, यसो गर्नाले राम्रो निद्रा आउँछ र निद्रा राम्रो आउनाले स्वास्थ्य समेत ठीक रहन्छ । सुतेको बेलामा आफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पार्नुहोस् । यसो गर्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन ।सयन कोठामा कपूर बाल्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ र पति पत्निबीचको सम्बन्ध समेत सुमधुर बन्छ । घरमा भएका बृद्धा र आमा बुबा सुतिसकेपछि मात्र सुत्नुहोस् । यसो गर्नाले परिवारमा राम्रो वातावरण बन्छ ।