यी दिशामा भुलेर पनि सिरानी राखेर नसुत्नुहोस्

प्रकाशित मिति:

बास्तु सास्त्र अनुसार सुताइका पनि नियम छन् । सुत्दा जहिले पनि भोजन गरेको २ घण्टाभन्दा पछि मात्र सुत्नु पर्छ । सुत्ने समयमा जहिले पनि सकारात्मक सोंच राख्नु पर्छ । सुत्नु अघि दिशा पिसाव पनि गरिसक्नु पर्छ । सयन कक्षमा भगवानका चित्र हुनु राम्रो मानिन्छ । सूर्योदय भन्दा अघि नै उठिसक्नु पर्छ ।

कुन दिशामा सिरानी राख्नु राम्रोर नराम्रो जान्नुहोस् १। पूर्व सिरानी पूर्व दिशामा सिरानी लगाएर सुत्दा कन्सन्ट्रेसन तथा मेमोरी पावर बढ्ने एवं मानव स्वास्थ्यमा यसले राम्रो प्रभाव पार्ने जनाइएको छ । बिशेषत बिध्यार्थिबर्गहरूलार्इ यो दिशामा सिनानी लगाएर सुत्न फलदाइ बताइन्छ । २। पश्चिम सिरानी पश्चिम दिशामा सिरानी लगाएर सुत्नु पनि ठिकै मानिन्छ ।यो दिशामा सिनानी राखेर सुत्नाले नाम, दाम तथा रिपुटेसन अनी सम्बृद्री प्राप्त हुने शास्त्रको दावी छ । ३। उत्तर सिरानी सुत्ने समयमा उत्तर दिशामा सिरानी गर्दा विभिन्न रोग लाग्ने र समस्या आइलाग्ने हुन्छ ।

बिषेषत मृत् व्यक्तीहरूलाइ उत्तर दिशा तर्फ सिराने राखेर सुताइने गरिन्छ । ४। दक्षिण सिरानी सुत्ने समयमा दक्षिण पट्टि सिरानी बनाउनु उत्तम मानिन्छ । दक्षिणबाट उत्तरी ध्रुवतर्फ प्रगतिशिल विद्युत प्रभाव भएको हुन्छ र यसले शरीरमा राम्रो उर्जा पैदा गर्छ । खाना पचाउन र मस्तिष्कको लागि पनि यो दिशाको सुताइ राम्रो मानिन्छ ।बायाँ कोख सुत्ने गर्नुहोस् राति सुत्दा जहिले पनि बायाँ कोखो पल्टिएर सुत्नु राम्रो मानिन्छ । खासमा यो पनि बैज्ञानिक विचारमा आधारित छ । हाम्रो नाकबाट जुन श्वास बाहिर निस्कन्छ त्यसलाई स्वर पनि भनिन्छ ।नाकको बायाँ छिद्रबाट श्वाश लिनु क्रियालाई चन्द्र स्वर भनिन्छ । दायाँबाट श्वास निस्कनु सूर्य स्वर हो । सूर्य स्वरले गर्मी पैदा गर्छ । बायाँ कोख पल्टिएर सुत्दा सूर्य स्वर निस्किन्छ । भोजन पचाउनका लागि पनि यो स्वर राम्रो मानिन्छ । मानव स्वास्थ्यकालागि यो सुताइ आवस्यक पनि छ ।