विन्ध्यवासिनी हाइड्रोपावरडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने

१४ श्रावण २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया


विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तालाई उक्त परिमाणको शेयर जारी गर्ने जनाएको छ ।

शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक भरतबहादुर पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया