काठमाडौँमा बस दुर्घटना, २४ जना घाइते

१२ चैत्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाण्डौ – चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कबाट दक्षिणकाली रुटमा चल्ने ना ३ ख १४४४ नं को यात्रुवाहक बस मंगलबार बिहान ७ बजे चाल्नाखेलमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको खोजी गरिदिन परिवारको अनुरोध
  • राष्ट्रपति भण्डारीद्धारा २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना…
  • ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने डेमोक्र्याटहरूको तयारी
  • मलाई कसैले चाहँदैमा पदबाट हटाउन सकेन त्यही हो स्थिरता :…
  • समाजिक संस्थाहरु स्थापना गर्ने अगुवा सूर्य ज्योती यूवा क्लव ओझेलवाट…
  • हरिनासमा आमा समुहको नवनिर्मित भवनको उद्घाटन
  • सुख्खानगर निवासी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारको अपिल
  • प्रधानमन्त्रि ओलीबाट देश र समाजको परिवर्तन सम्भव छैन :नेपाल
  • प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी
  • पृथ्वी जयन्तीमा बुटवलमा बृहत्त र्याली हुने,राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह