नेपाली समाज कनेटिकेट को अध्क्षयमा जितेन्द्र बस्नेत निबाचित

प्रकाशित मिति:

केपी भट्ट अमेरीका कनेटिकेट । विभिन्न पेसामा गरेर अमेरीकामा रहनु भएका नेपालीहरुको साझा संस्था नेपाली समाज कनेटिकेट (२०१९-२०२०) को नयाँ कार्यकाल को लागि वौद्धीक गतीशील कमठ तथा ईमान्दार व्यक्तीत्व जितेन्द्र बस्नेत विजयी हुनु भएको छ । मार्च २४ मा भए को सँस्थाको निबार्चन बाट अध्यक्ष पद मा जितेन्द्र बस्नेत निबार्चित हुनु भएको हो । निर्वाचन पछी प्रतिकृया दिदै यो निर्वाचनमा सवै नेपालीको जीत भएको वताउनु भएको छ । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी नारायण पौडेल लाई पराजित गर्दै उहां विजयी हुनु भएको हो । कुल मतदाता संख्या ५६७ रहेको नेपाली समाज कनेटिकेट मा जम्मा ५१४ मत खसेको थियो । जस मध्ये निबार्चित बस्नेत ले ३२९ मत प्राप्त गर्नु भयको थियो भने अर्का प्रतिस्पर्धी नारायण पौडेलले १८० मत प्राप्त गर्नु भएको थियो भने ५ मत बदर भएको निवार्चन समिति ले जानकारी दिएको छ । आगामी दिनमा सबै संग हातेमालो गरेर कसैलाई पनी काखा र पाखा नगरीकन अहिले भन्दा गतीशीलताका साथ संस्था लाई नयाँ ढंगबाट अगाडी बनाऊने संस्था का नवनिबार्चित अध्क्षय बस्नेत ले बताऊनु भएको सबल पोस्ट का अमेरिका प्रतिनिधि के पी भट्ट ले अमेरिका को कनेटिकेट बाट जानकारी दिनु भएको छ । उहां निवार्चनका समयमा सहयोग गर्ने अमेरीकामा वस्ने नेपालीहरुलाई अभार पनी व्यक्त गर्नु भएको छ ।