पक्राउ पर्ने डरले विप्लवका प्रभावशाली नेताले दिए राजीनामा

प्रकाशित मिति:

चितवन – विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका चार जनाले सामुहिक राजीनामा दिएका छन् । चार जना कार्यकर्ताहरुले मंगलबार विज्ञप्ती जारी गर्दै सामूहीक राजीनामा दिएका हुन् । भरतपुर महानगरपालिका १० का ईन्चार्ज मधु क्षेत्री, नगर सदस्यहरु रामप्यारी श्रेष्ठ, राजकुमार बिक र श्रमनाथ पण्डितले संयुक्त विज्ञप्ती जारी गर्दै विप्लव नेकपाको कुनै पनि तहमा नरहने गरि राजीनामा दिएको जनाएका छन् ।

विप्लव समूहका कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि उनीहरुले राजीनामा दिएका हुन् । काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनाको समूहमा पूर्वसांसद् उमा भुजेलका श्रीमान् विजय श्रेष्ठ पक्राउ परेका थिए । ओली, श्रेष्ठ लगायतविरुद्ध प्रहरीले विष्फोटक पदार्थ, हतियार तथा खरखजना, राज्यविरुद्धको कसुर लगायतको मुद्दामा ८ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्ने खानेपानी मन्त्री विना मगरको पूर्वपति शंकर अधिकारी पनि छन् । हाल उनी विप्लव समूहको रौतहट इन्चार्ज छन् । सरकारले विप्लव समूहमाथि गत फागुन २८ गते प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । पछिल्लो समय विप्लव समूहका कार्यकर्ता पक्राउ पर्नेक्रम जारी । साथै प्रहरीले विप्लवलाई पक्राउ गर्न विशेष अपरेशन चलाएको छ ।