अब देवदहमा प्यागोडा शैलीमा राधाकृष्ण मन्दिर बन्ने

प्रकाशित मिति:

रुपन्देहीको देवदहमा प्यागोडा शैलीमा राधाकृष्ण मन्दिरको निमार्ण हुने भएको छ । देवदह वडा नं ६ लक्ष्मीनगरमा निमार्ण हुने उक्त मन्दिरको सोमवार शिलन्यास गरिएको छ । स्थानियबासी र देवदह नगरपालिकाको आर्थिक सहयोगमा करिब १० लाखको लागतमा मन्दिरको निमार्ण हुने मन्दिर निमार्ण समितिका अध्यक्ष कमलप्रसाद भुषालले बताउनुभयो । स्थानियबासीको तर्फबाट ७ लाख र नगरपालिकाबाट ३ लाखको लागतमा काम सम्पन्न हुने उहाले जानाकारी दिनुभयो । मन्दिर निमार्णको लागि समाजसेवि चक्रपाणी तिवारीको तर्फबाट ७ धुर जग्गा र स्थानियको लगानीबाट डेढ धुर जग्गा उपलब्ध गराई साढे आठ धुर जग्गामा मन्दिरको निमार्ण हुने स्थानियहरुले बताएका छन् । देवदह क्षेत्रमै कम मात्रामा रहेको राधाकृष्ण मन्दिर लक्ष्मीनगरमा निमार्ण हुने भएपछि स्थानियहरु खुसि भएका छन् । जनसमुदायको चाहना अनुसार स्वच्छिक रुपमा रकम उठाई मन्दिरको स्थापना गरिने उनीहरुले बताए । मन्दिर शिलन्यास कार्यक्रममा देवदह वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षेत्री, सदस्य यमुना पौडेल लगायत स्थानियहरुको उल्लेखिय सहभागिता रहेको थियो ।