काठमाडौंका सडक बढार्न पाँच वटा ब्रुमर सञ्चालनमा

प्रकाशित मिति:

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि पाँच वटा ब्रुमर (सडकको धुलो बढार्न प्रयोग हुने साधन) प्रयोगमा ल्याएको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर ब्रुमर सञ्चालनको उद्घाटन गरे।

डिजेलबाट चल्ने यी ब्रुमर युरो ४ एमिसन स्टान्डर्डको डुभेलो ६००० मोडलका हुन्। इन्जिन क्षमता १०७ किलोवाट रहेको छ। हरेक ब्रुमरमा चार वटा ब्रस रहेका छन्। महानगरपालिकाका अनुसार ब्रुमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता छ। पाँच वटा ब्रुमरको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो रहेको छ। टेकुबाट छुट्ने यी ब्रुमरले अब फरक फरक पाँच रुटमा सडक सफा गर्नेछन्।