नेप्से बढ्यो, कारोबार रकम भने साढे २१ करोडमात्र

१२ चैत्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – मंगलबार नेप्से परिसूचक बढेको छ । साताको तेस्रो दिन धितोपत्र बजारमा नेप्से २.०७ अंकले उकालो लागेको हो । मंगलबार १ हजार १ सय ४०.७२ अंकमा बजार कायम हुँदा सेन्सिटिभ इन्डेक्स ०.४२ अंकले उकालो लागेको छ भने बजारमा साढे २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसक्रममा बजारमा १ सय ७१ कम्पनीका ८ लाख ८२ हजार कित्ता सेयर किनबेच भए ।

यसदिन सबैभन्दा बढी सेयर नेपाल बंगलादेश बैंक संस्थापक सेयरको भयो । बैंकका १ करोड ५८ लाख रुपैयाँ बराबरका संस्थापक सेयर किनबेच भए । नेप्से बढेको दिन कारोबारमा आएका १० समूहमध्ये नौवटा उकालो लागे । लघुवित्त समूह ५.१२ अंकले घट्नुबाहेक यसदिन सबै समूह उकालो लागे । जसमध्ये निर्जीव बीमा समूह सर्वाधिक २४.१९ अंकले बढ्यो । नेप्से बढेको दिन नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाए । कम्पनीको सेयर मूल्य सर्वाधिक ५ प्रतिशतले बढ्दा युनिभर्सल पावर कम्पनी र शिवम् सिमेन्टको सेयर मूल्य ९.८ प्रतिशतले घट्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया