लुम्बिनी अञ्चलका ६ जिल्लाहरुमा सवारी साधन दुर्घटना बाट ज्यान जानेको सङ्ख्यामा वृदी

प्रकाशित मिति:

आर्थिक वर्ष २०७४ र ०७५ मा साविकका लुम्बिनी अञ्चलका ६ जिल्लाहरुमा सवारी साधन दुर्घटना बाट ज्यान जानेको सङ्ख्यामा वृदी भएको छ । साविकको अञ्चल प्रहरी कार्यालय वुटवलका अनुसार चालु आर्थिक वर्षमा ६ सय ७ वटा सवारी साधन दुर्घटनामा परेको र दुर्घटनामा परि ३ सय ८४ जना मानिसको मृत्यु भएको छ । २०७३ ÷०७४ मा ५ सय ८३ सवारि दुर्घटना भएको थियो । जसमा ३ सय ९० जना सर्वसाधरणको ज्यान गएको छ । यस्तै आर्थिक वर्ष २०७२÷७३ मा ५ सय ३२ सवारी साधन दुर्घटनामा परेको र दुर्घटनामा परि ३ सय ५३ जनाले ज्यान गुमाएको ५ नम्बर प्रदेश ट्रफिक प्रहरी कार्यालय बुटवलका नारायण प्रसाद बुढाथेकीलले जनकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको तर मृत्युको दरमा भने वृद्धी भएको तथ्याङ्कमा देखाएको छ । तर रुपन्देही जिलामा भने सिक्सलेनको सडक निर्माण पछि मुख्य सडक खण्डमा दुर्घटनामा कमि आएको बुढाथेकीलले बताउनुभयो ।

२०७४ र ०७५ मा ट्रक १ सय १७, बस ९२, जिप कार १ सय २१, ट्याक्टर ६६, टेम्पे ८, मोटरसाइक ३ सय ८५ अन्य साधन ९१ वटा सवारी साधन दुर्घटनामा परेका छन् । हरेक आर्थिक वर्षमा मोटरसाइकलहरु बढी सवारी दुर्घटनामा पर्ने गरेको र यस आर्थिक वर्षमा पनि सबैभन्दा बढी सवारी दुर्घटनामा मोटरसाईकलहरु रहेका छन् । तिव्र गति, ओभरट्रक, चालकको लापरवाही लगायतका कारणले दुर्घटना बढी हुने गरेको ५ नम्बर प्रदेश ट्रफिक प्रहरी कार्यालय बुटवलका नारायण प्रसाद बुढाथेकीलले बताउनुभयो ।

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२ र ०७३ मा ५ सय ३२ , २०७३ र ०७४ मा ५ सय ८३ ओटा सवारी साधनहरु दुर्घटनामा परेका थिए । दुर्घटनामा न्यूनीकरण ल्याउनका लागि चालकसंग १ मिनेट र यात्रुसंग २ मिनेट जनचेतनामुलक कार्यक्रमहरु ट्रफीकप्रहरीले गर्दै आएको छ ।