सप्तरीबाट विप्लवका तीन कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

सप्तरी । सप्तरीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्लास्तरका तीन नेता पक्राउ परेका छन् ।प्रहरीले कञ्चनरुप नगरपालिका ६ का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का ४६ बर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का ४० बर्षीय तेजनारायण यादवलाई पक्राउ गरेको हो ।

उनीहरु तीनैजना विप्लव समूहका जिल्ला सदस्य हुन् ।