ट्रकको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति:

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका १ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मंगलबार बिहान करिब साढे ९ बजे नारायणगढतर्फ आइरहेको ना४ख ९९८१ नम्बरको ट्रकले विपरीत दिशामा गइरहेको ग१४प ५५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला जुगेडी नगरपालिका ८ का ४० वर्षीय होमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकलमा सवार मृतक होमबहादुरकी ३० वर्षीया श्रीमती कोमली मगर र ८ वर्षीय छोरा लीलबहादुर पुलामी दुर्घटनामा घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज सीएमएस मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।घाइतेको अवस्था सामान्य छ । ठक्कर दिने ट्रकका चालक ट्रकसहित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।