असिनाले गहुँ र तरकारीबालीमा क्षति

१२ चैत्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
61 Shares


डोटी -डोटी जिल्लाका विभिन्न ठाउँमा परेको असिनाले गहुँ, तोरी तथा तरकारीवालीमा नोक्सानी गरेको छ ।सोमबार साँझ परेको असिनाले डोटीका बडिकेदार, बोगटान, जोरायल, केआईसिंह, सायल, पूर्विचौकी लगायतका गाउँपालिका तथा दिपायलसिलगढी नगरपालिकाका सयौँ रोपनी खेतमा लगाइएको गहुँ खेती, तोरीबाली तथा तरकारीलगायत अन्य बालीमा नोक्सानी पुर्‍याएको सायल गाउँपालिकाका स्थानीय माधब ओझाले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘बिहान घाम लागेको थियो, साँझ एकाएक असिना पर्‍यो, हाम्रो त गहुँखेती, तोरीबाली र तरकारीबाली सखाप पार्‍यो ।’

गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ लागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसानहरु सोमबार साँझ परेको असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति पुर्‍याएपछि निराश भएका छन् ।डोटीमा वर्षासहित असिना परेको यो दोस्रो पटक हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक
  • यि दुई डिएसपीका कारण देशको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत
  • स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने घोषणा, गौरिकालाई ११ लाख
  • चिकित्सा शिक्षामा ६८ विद्यार्थी, ७५ प्रतिशत छात्रबृत्तिका लागि छनोट (नामावलीसहित)
  • कानुन व्यवसायी भन्छन : ‘विधिको शासन सरकारबाटै मिचियो ’
  • हिमालयको क्वालालम्पुर पुन : सीधा उडान शुरु
  • कपिलवस्तु कान्ड : ७ दिनपछि बाहिरियो कसैले नसोचेको रहस्य! मुख्य…
  • जब सडकमा दौडिए ३ सय जना हुनेवाला बेहुली
  • के भाेलि सार्बजनिक बिदा हाे ? यसाे भन्छ गृह मन्त्रालय
  • अमेरिका गोलीकाण्ड : ४ घण्टा दाेहाेराे भिडन्तमा ६ को मृत्यु