पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफ ६ हप्ताको लागि जमानतमा रिहा

प्रकाशित मिति:

एजेन्सी -पाकिस्तानको उच्च अदालतले मंगलबार पूर्व प्रधानमन्त्री नवाज शरिफलाई स्वास्थ्यका आधारमा ६ हप्ताको लागि जमानत दिएको छ ।स्थानीय सञ्चारमाध्यमा डन का अनुसार ‘जमानत अवधिभर नवाज देश छोडेर बाहिर जाने छैनन्’ अदालतले भनेको छ ।

प्रधान न्यायाधीश सईद खोसाको अध्यक्षतामा बसेको तीन सदस्यीय इजलासले यो फैसला सुनाएको हो ।यसअघि पूर्व प्रधानमन्त्री नवाजले इस्लामावाद उच्च अदालतको फैसलाविरुद्ध गएको मार्च ६ तारिखमा अपिल दर्ता गरेका थिए । उच्च अदालतले स्वास्थ्यको आधारमा मागिएको उनको जमानतको अपिल खारेज गरेको थियो ।पाकिस्तान उच्च अदालतले नवाजको जमानत अपिलमाथिको फैसला २६ मार्चसम्म रोकेको थियो ।

उनका वकिल ख्वाजा हैरिसले यो मुद्दाको बहसका बेला भनेका थिए, ‘नवाज तीन पटकसम्म देशका प्रधानमन्त्री भइसकेका छन् । उनको विभिन्न १७ रोगको उपचार चलिरहेको छ ।’अल अजीजीया स्टील मिल भ्रष्टाचार काण्डमा मुछिएका ६९ वर्षीय नवाज शरीफ सन् २०१८ डिसेम्बरदेखि लाहोरको कोट लखपत जेलमा बन्द छन्