नेकपा सरावल गाउ कमिटिको सचिवालयको कार्यक्रम सम्पन्न

१२ चैत्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
0 Shares


नवलपरासी-नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावल गाउ कमिटिको सचिवालयको मंगलबार सरावल ३ स्थित कुटीमा सम्पन्न भएको छ । नेकपा सरावल गाउ कमीटीका अध्यक्ष लिलाधर पाण्डेको अध्यक्षतामा सम्पन्न सचिवालय स्तरिको बैठकले पार्टीको कार्य विभाजन, भातृ संगठन निर्माण, वडा ईन्चार्ज गठन गर्ने लगाएतका कुराहरु निर्णय गरेको छ ।

सो अवसरमा नेकपा अध्यक्ष पाण्डेले पार्टीको तर्पबाट हालका समसायिक विषयहरुबारे प्रष्ट्याउनुभएको थियो । बैठकले बैशाख ७ गते नेकपाको गाउपालिका स्तरिय पुर्ण बैठक बसि सरावल गाउपालिकाका सबै वडाका नेकपा अध्यक्ष र सचिवलाई अनिवार्य उपस्थिती हुने गरि समेत निर्णय गरेको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सबै सचिवालय सदस्यहरुको उपस्थिती रहेको थियो । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी नेकपा सुनवनल नगर कमिटी वार्ड न १२ को भेलाले वार्ड कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

नेकपा सुनवल नगर कमिटी अध्यक्ष ओम पुनको अध्यक्षता तथा नेकपा प्रदेश नम्बर ५ कमिटी सदस्य एवं नवलपरासी जिल्ला कार्यदल समयोजक घनश्याम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले रण बहादुर कुवरको अध्यक्षतामा २५ सदस्यिय वडा नम्बर १२ वडा कमिटि गठन गरेको हो । जसको सचिवमा गोपाल पाण्डे रहनुभएको छ । कार्यक्रममा विशेष अतिथिको रुपमा प्रदेश न ५ सदस्य दिपेन्द्र अधिकारी, संविधान सभा सदस्य तथा नेकपा प्रदेश कमिटी सदस्य सीता बौडेल, नेकपा प्रदेश नम्बर ५ कमिटी सदस्य भविश्वर तिवारी, सुर्य प्रसाद न्यौपाने, थान प्रसाद गैरे, पुर्ब पार्टी केन्द्रिय सदस्य बबिता बिक, पुर्व जिल्ला सदस्य प्रतिभा कार्कि लगाएत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो भने घनश्याम यादव, सीता बौडेल, बबिता बिक, सुर्य प्रसाद न्यौपाने, थान प्रसाद गैरे, केशब भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । नेकपा सुनवल नगर कमिटी सदस्य उपेन्द्र मान प्रधानको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालक नेकपा नगर कमिटी सचिव वीर बहादुर बिश्वकर्माले गर्नुभएको थियो । सोही अवसरमा नेकपा सुनवल नगर कमिटी वार्ड न १२ ले आफ्नो सपथ ग्रहण कार्यक्रमको अवसर पारेर वार्ड नम्बर १२ का करिब २ सय जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया