सैनामैना मेयर कपमा पहिलो चरणका खेलहरु सम्पन्न

प्रकाशित मिति:

ललित पाण्डे ,रुपन्देही-रुपन्देहीको सैनामैना ७ देउवापारमा जारी दोस्रो सैनामैना मेयर कप नकाउट फुटबल प्रतियोगितामा मंगलबारबाट पहिलो चरण खेलहरु सम्पन्न भएका छन । मंगलबार सिद्धार्थ युवा क्बल बासगढि र चाँदनी युवा क्बल दानापुर बिजयी हुँदै दोश्रो चरणमा प्रवेश गरेका हुन ।

मंगलबार भएको पहिलो खेलमा देशभक्त एफसि नवलपरासी र सिद्धार्थ युवा क्बल बासगढिले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा ध कलिएको थियो । निकै प्रतिष्प्रर्धात्मक खेलमा ट्राईबेकरमा देशभक्तलाई ६–५ गाल अन्र्तरले हराउँदै शिद्धार्थ युवा क्लब बासँगढी बिजयी भएको हो । शिद्धार्थ युवा क्लबका दिपक राना पहिलो खेलमा म्यानअफ्द म्याच घोषित भएका छन ।

यस्तै मंगलबार नै भएको दोश्रो खेलमा भैरब एफसी नवलपरासीलाई ३–० गोल अन्र्तरले हराउँदै दोश्रो खेलमा चाँदनी युवा क्बल दानापुर बिजयी भएको छ । बुधबारबाट दोश्रो चरणका खेलहरु सुरु हुने छन । सुनौलो शान्ती युवा क्लब गजेडी र न्यु एभरेष्ट युवा क्लब गैडहवा बिचमा बुधबार खेल हुने आयोजक जनप्रिय स्पोटिङ्ग युवा क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए । सरस्वती माविको खेल मैदानमा जारी उक्त प्रतियोगिता चैत्र २० गते सम्म चल्ने छ ।