जनसम्पर्क समिति पोर्तुगलको वनभोज भव्यताका साथ् सम्पन्न

प्रकाशित मिति:

लिस्बन, पोर्तुगल नेपाली जनसम्पर्क समिति पोर्तुगलले फागु पूर्णिमा होली चैते दशैं र नेपाली नयाँ वर्ष २०७६ को अवसरमा हिजो मार्च २४ तारिख वनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित सदस्य किरण पौडेलले एकपटकको नेपाली सधैंको नेपाली हुनुपर्नेमा सरकारले प्रवासमा रहेका नेपालीलाई नागरिकताबाट बञ्चित गर्न खोजेको आरोप लगाएका छन् ।

पौडेलले सरकार अधिनायकवादोन्मुख भएको आरोप लगाए । यो सरकारले जनताको विश्वास गुमाइसकेको छ । अब कम्युनिष्टहरुको शासनले नेपाललाई समृद्ध बनाउन सक्दैन भनेर प्रवासी नेपालीहरुले आवाज बुलन्द गर्न उनले अनुरोध गरे ।कार्यक्रममा सहभागीहरुले पोर्तुगलमा सबै समाज र नेपालीहरु मिलीजुली बाँच्न र बस्न जोड दिए । काँग्रेस कार्यालय सचिव डा। प्रदीप पराजुली, जनसम्पर्क समिति युरोपका वरिष्ठ उपाध्यक्ष पूर्ण हमाल, नरेन्द्र हमाल, रमेशकुमार गुरुङ, कुबेर कार्की, राजेन्द्र शेर्पा, लक्ष्मीप्रसाद सापकोटा, गोविन्द पौडेल, नारायण सुवेदी, सोम शेर्पा, गोमनाथ सुवेदी, हेमन्त सेढाई, चीजकुमार तामाङ, सुशील शर्मा गैरे, तिलक गैरे लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली पन्चेबाजाले र बिबिध गीत संगीतले सहभागीहरुलाइ बनभोजमा रौनाक थपेको थियोे भने सहभागीहरु छमछमी नाचेका थिए ।कार्यक्रमको अध्यक्षता कावा अध्यक्ष ओकिल केसीले गरेका थिए । उपाध्यक्ष रमेश कँडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन श्याम परियारले गरेका थिए । बार्बिक्युसहितको पार्टीमा सहभागीहरु पञ्चेबाजामा नाचगान गरेका थिए । बेला भिस्ता पार्कमा राती अबेरसम्म कार्यक्रम चलेको थियो ।