समन्वयात्मक बैठक सम्पन्न, एचआईभी संक्रमित लाई सहयोग गर्ने मेयरको प्रतिबद्धता

प्रकाशित मिति:

रुपन्देही -आशाज्योती सहयोग समुहको आयोजनामा रुपन्देहीमा रहेका एचआईभी को क्षेत्रमा काम गर्ने सरोकारवालाहरु सँगको बैठक आज भैरहवामा सम्पन्न भएको छ । सन् २०१८ को प्रगती विवरण र २०१९ को कार्यक्रमको लक्ष्यका बारेमा संस्थाका अध्यक्ष सुजिता अधिकारलिे उक्त अवसरमा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिका का प्रमुख हरि प्रसाद अधिकारीले सिद्धार्थनगर नगरपालिका भित्र रहेका एचआईभी संक्रमित हरुको विवरण नगरपालिका कार्यालयमा आएमा आफुले उनीहरुका लागि आय मुलक कार्यक्रमको व्यवस्था गरिदिने बचन व्यक्त गर्नुभयो । उहाँले ती व्यक्तिहरु पनि हाम्रै समाजका सदस्यहरु भएकाले उनीहरु प्रति स्थानिय निकाय संबेदनशिल रहने बताउँदै २०७६ साल बैसाखको पहिलो साता भित्रमा आधिकारीक तथ्याँक नगरपालिका कार्यालयमा पेश गर्न समेत एचआईभीको क्षेत्रमा कामगर्ने संस्थाहरुलाई सुझाव दिनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका एचआईभी फोकल पर्सन मोति प्रसाद पौडेलले संस्थाले सेवार्थी लाई सेवा दिनबाट कहिलै पछि पर्न नहुने विचार व्यक्त गर्दै गुणस्तरिय सेवामा सबेैले ध्यान दिन पर्ने बताउनु भयो ।राष्टिय एचआईभी तथा एड्स महासंघको साझेदारीमा आशाज्योती सहयोग समुहले रुपन्देहीमा रहेका एचआईभी संक्रमित व्यक्तिहरुका लागि सामुदायिक हेरचाह केन्द, करिव ६८ जना एचआईभी संक्रमित बालबालिकाका लागि सामाजिक सुरक्षा भत्ता वितरण तथा घर तथा समुदायमा आधारित स्याहार कार्यक्रम संचालन गरिहेको छ ।कार्यक्रम संस्थाका अध्यक्ष सुजिता अधिकारीको अक्ष्यक्षता, सिद्धार्थनगर नगरपालिका का प्रमुख हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो ।