सएमए संघको राष्ट्रिय भेला घोराहीमा सम्पन्न,निर्णय कार्यान्वयन नभए कडा संघर्षमा उत्रने

प्रकाशित मिति:

पुनहरि बेलबासे दाङ-नेपाल सरकार र नेपाल सिएमए संघ विच भएका सहमती र निर्णय कार्यान्वयन गराउनु पर्ने त्यसो नभए आन्दोलनमा जाने लगायतका विभिन्न सात वटा प्रस्तावको निर्णण गर्देै नेपाल सिएमए संघको चौथो राष्ट्रिय भेला यहि चैत्र ११ गते प्रदेश नं ५ को घोराही, दाङ्मा सम्पन्न भएको छ ।सरकारले नेपालमा रहेका एकलाख बढी सिएमए हरुको पेशागत हकलाई कुण्ठित गरेको कार्यक्रमका बक्ताहरुले लगाएका छन् ।

प्रमुख अतिथी तथा नेपाल नेपाल सिएमए संघका संस्थापक अध्यक्ष गणेश साउदले मुलुकी ऐनको दफा २३० मा र जनस्वास्थ्य ऐनको दफा २८मा नेपालका सिएमए हरुको हक अधिकारलाई सुरक्षित गरिएको भए पनि सरकारले उक्त अधिकारहरुलाई कार्यान्वयनमा ल्याउन आनाकानी गरिरहेको आरोप लगाए ।उनले मुलुकी ऐनमा व्यवस्था भईसकेको विषयलाई पनि मन्त्री परिषदबाट अर्को नमुना ऐन बनाउन खोजेर सिएमएहरुको अधिकार कुण्ठित गर्न सरकार लागिरहेको बताए । मुलुकी ऐन र जनस्वास्थ्य ऐनमा व्यवस्था भएका सिएमएहरुको अधिकारलाई सरकारले अझै पनि कार्यन्वयन गर्न आनाकानी गरेर हाम्रो अधिकार माथि खेलवाड गर्छ भने जस्तो सुकै संघर्ष गर्न बाध्य हुने विचार व्यक्त गरे ।

नेपाल सिएमए संघका बर्तमान केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ५ का संयोजक गोपाल उपाध्यायले २०७४ साल कार्तिक १ गते स्वास्थ्यय मन्त्रीले गरेको निर्णयको किन कार्यान्वयन भएन भनि सरकार संग प्रश्न गरे । स्वास्थ्य संस्था स्थापना,, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७०को दफा २२ ले सिएमए हरुलाई पेशागत रुपमा बन्देज गरेकाले उक्त निर्देशिका संसोधन गरि संचालनमा रहेका निजी क्लिनीकलाई यथावत संचालनमा रहन दिन मन्त्रालयलाई परिपत्र गर्न निर्दैशन दिएको भए पनि सरकारले बेवास्ता गरेको भन्दै सरकारको युवा स्वरोजगार कार्यक्रमको पनि खिल्ली उडाएको आरोप लगाए ।नेपाल सिएमए संघका निबर्तमान केन्द्रिय उपाध्यक्ष दीपक शर्माले हामीले हाम्रो पेशागत हक प्राप्तीको लागि शसस्त्र जनयुद्धका बेला देखी नै ाग राख्दै आउदा पनि यो १५ बर्षको समय सम्ममा पनि हरेक सरकारले हामीमाथि अन्याय गर्दै आई रहेको जिकीर गर्दै सिएमए हरुलाई एकत्रित गराउन हिड्ने समयमा आफ्ना छातिमा बन्दुक पनि तेर्साईएको तितो अतित स्मरण गराए ।केन्द्रिय अध्यक्ष रामेश्वर प्रसादले आस्थाका हिसावले सिएमए साथीहरुआ आफ्ना सिद्धान्तमा हुनुहोला त्यो आफ्नो निजी विचार हो तर नेपालका एक लाख बढी सिएमए हरु पेशागत हिसावले एक जुट भई सकेकाले नेपालका सिएमएहरुलाई सरकाले न जिस्काउन सुझाव दिदै मन्त्री स्तरिय बैठक बाट भएका निर्णहरु तुरुन्त कार्यान्वयन माग गरे ।कार्यक्रममा नेपाल सिएमए संघका केन्द्रिय उपमहासचिव इश्वर प्रसाद चापागाईले संघको प्रतिबेदन पेश गरेका थिएआर्थिक बर्ष २०७५÷०७६ मा संघको लागि अतुलनिय कार्य गरेकाले केन्द्रिय सदस्य विन्दु प्रजापति लाई सम्मान पनि गरिएको थियो ।सहभागि बाट उठेका प्रश्नहरुको जवाफ संस्थापक अध्यक्ष गणेश साउद र बर्तमान अध्यक्ष रामेश्व प्रसादले दिएका थिए ।कार्यक्रम संघका अध्यक्ष रामेश्वर प्रसादको अध्यक्षता, संस्थापक अध्यक्ष गणेश साउदको प्रमुख आतिथ्यता , उपाध्यक्ष गोपाल उपाध्यायको स्वागत तथा महासचिव लालबहादुर खड्काको संचालनमा, सम्पन्न भएको थियो ।