विप्लव समूहका भोजपुरा इन्चार्ज चौरसिया पक्राउ

प्रकाशित मिति:

वीरगञ्ज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भोजपुरा इन्चार्ज वीरगञ्जबाट पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका १९ वर्वाटोल घर भएका विगाप्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको हो ।सोमबार साँझ साढे ६ बजे उनलाई वर्वा गाउँस्थित सडकबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चौरसियाबिरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।चौरसियालाई मंगलबार अदालत पेश गरिएको थियो । अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद दिएको छ । यसअघि प्रहरीले पर्साबाट पक्राउ गरेको विप्लव नेतृत्वको तीन जना नेता कार्यकर्ताहरु अहिले कारागारमा छन् ।