चटयाङ्ग लागेर तीन जना घाइते

प्रकाशित मिति:

इलाम – हावाहुरीसँगै वर्षा हुँदा परेको चटयाङ्गले लागेर इलाममा तीन जना घाइते भएका छन् भने एउटा घरमा आगलागी भएर धनमालको क्षति भएको छ ।इलाम नगरपालिका(६, गडीका ३३ वर्षीय दिनेश गुरुङ, त्यसै ठाउँका ४१ वर्षीय बमबहादुर लिम्बू र सूर्योदय नगरपालिका १० की ४४ वर्षकी छत्रमाया बुढाथोकी मंगलबार परेको चट्याङ्गले लागेर घाइते भएका हुन् ।

घाइतेद्धय गुरुङ र लिम्बूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बीएमसी अस्पताल लगिएको छ भने बुढाथोकीलाई विर्तासिटी हस्पिटल रेफर गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।यस्तै फाकफोकथुम गाउँपालिका(३ रातमाटेका रण बहादुर लिम्बूको घरमा चट्याङ्ग पर्दा आगलागी भएको छ । आगलागीबाट लिम्बूको घर पूर्ण रुपमा जलेर नष्ट हुदाँ दुई लाख १५ हजार बराबरको क्षति भएको बताइएको छ ।

चट्याङ लागेर लिम्बूको दुई वटा टेलिभिजन, अन्नपात, महत्वपूर्ण कागजात, नगद ३० हजारलगायतका सामान जलेको प्रहरी चौकी आमचोकका इञ्चार्ज भूपेन्द्र ढुङ्गानाले जानकारी दिनु भयो ।आगलागी सुरु भएको साडे तीन घण्टामा मात्रै स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।