गोर्खामा बस र ट्रक ठोकिँदा १२ जना भन्दा बढी घाइते

प्रकाशित मिति:

गोर्खा-गोर्खामा बस र ट्रक एक आपसमा ठोकिँदा १२ जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

ना ७ ख २०७० नम्बरको बस र ना५ख ५८११ नम्बरको ट्रक ठोकिँदा बस चालक पनि घाइते भएका छन् । जिल्ला ट्राफिक प्रमुखका अनुसार घाइते उनीहरुलाई तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार गरिरहेको छ ।सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर घटनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाए ।