मन दुख्नाले पनि हुन सक्छ मृत्यु

प्रकाशित मिति:

अन्य कारणले मृत्यु हुने कुरा सर्वस्विकार्य जस्तै भईसकेको छ । तर मन दुख्नुको कारण पनि मानिसको मृत्यु हुन्छ, भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । चिकित्सकहरुका अनुसार व्रोकन हार्ट टुटेको मुटु का कारण पनि मानिसको मृत्यु हुन सक्छ ।

वैज्ञानिकहरूका अनुसार दुखद घटनाका कारण मानिसको मस्तिष्क र मुटुमा नराम्रो प्रभाव पर्न सक्छ। उनीहरुले शोक, डर र रिसको अध्ययन गरेका छन् ।स्विट्जरल्यान्डका अनुसन्धानकर्ताहरूले ठूलो मानसिक पीडाले कसरी मस्तिष्कलाई प्रभावित गर्छ र मुटुमा क्षति पुर्‍याउँछ भन्ने पत्ता लगाएका छन्। शोधकर्ताहरुले भावानात्मक दुखले मतिष्कलाई चार भागमा उचित तालमेल गर्न नदिने बताएका छन् । जसबाट मुटुमा दुर्लभ रोग विकसित हुन सक्छ ।

टकाट्सुबो सेन्ड्रोमले मुटुको केही भागको रुपलाई नै फेरिदिन्छ र मुटुको आकारअक्टोपस समात्न प्रयोग हुने जापानी भाडो टकाट्सुबो जस्तै बन्छ । जसबाट हृदयघात पनि हुन सक्छ । युनिभर्सिटी हस्पिटल ज्युरिकका चिकित्सकहरु भन्छन् स् अबको काम यो तथ्यको पुष्टि गर्नु र रोग रोकथामका लागि उपचारविधि पत्ता लगाउनु हो ।