प्रदेश सभा वैठकद्धारा मुख्यमन्त्री देखि मन्त्रीहरुको पारिश्रमिक र सुबिधा सम्वन्ध सम्वन्धी विधेयक पारित

१४ श्रावण २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
11 Shares


प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक आज सुचारु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने तथा प्रदेशको स्थायी मुकाम र नामाकरणको छिटो घोषणाको माग गर्दै बैठक अवरुद्ध गरेकोमा आज मुख्यमन्त्रि शंकर पोखरेलका तर्फबाट आन्तरीक मामिला तथा कानुन मन्त्रि कुल प्रसाद केसीले जवाफ दिनुभएपछी बैठक सुचारु भएको छ ।
जवाफ दिनेक्रममा मन्त्रि केसीले सभामुख र उपसभामुखको बिषयमा अदालतमा मुद्धा बिचाराधिन रहेकाले छलफल गर्न नमिल्ने र प्रदेशको स्थायी मुकाम र प्रदेशको नामाकरण प्रदेश सभाले निणर्य गर्ने भएकाले त्यसमा सरकारको सहयोग मात्र हुने बताउनु भयो ।

आजको बैठकले प्रदेश सभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुबिधा सम्वन्धमा बनेको बिधियक, प्रदेका मुख्यमन्त्रि र मन्त्रिहरुको पारिश्रमिक तथा सुबिधा र प्रदेश सभा सचिवालय सम्वन्धमा व्यवस्था गर्न बनेको बिधियक समेत गरी ३ वटा बिधियक सर्वसम्मतीले पारित गरेको छ ।
पारित भएको विधेयक अनुसार अब प्रदेश सभाका सभामुखले ५३ हजार, उपसभामुखले ५० हजार, विपक्षी दलको नेताले ५० हजार, प्रदेश सभाका सबै दलका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सचेतकले ४८ हजार र सदस्यले ४५ हजार रुपैयाँ प्रति महिना पारिश्रमिक पाउने छन् ।
मासिक पारिश्रमिक बाहेक प्रदेश सभाको बैठक भत्तावापत प्रतिदिन १ हजार रुपैयाँ पाउनेछन । सभामुख देखि प्रदेश सभा सदस्यले समेत एक जना स्वकीय सचिव राख्न पाउने भएका छन् ।
त्यस्तै प्रदेश सरकारका मुख्यमन्त्रीको ६० हजार ९ सय ७०, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार मासिक पारिश्रमिक निर्धारण भएको छ । आवास अन्तर्गत राज्यमन्त्री र सहायक मन्त्रीले फर्निचर वापत एकमुष्ट ५० हजार सुविधा तोकिएको छ । मुख्यमन्त्रीका लागि उपसचिव सरहको सेवा सुविधा हुनेगरी स्वकीय सचिव १ जना, अधिकृत २ जना र प्रेस संयोजक १ जना उपलबध हुनेछन ।
त्यस्तै मन्त्रीले अधिकृत सरह सेवा सुविधा हुनेगरी १ जना स्वकीय सचिव र १ जना कम्प्यूटर अपरेटर राख्न पाउने छन ।
आजको बैठकको बिशेष समयमा नेपाली काग्रेसकी प्रदेश सभा सदस्य रिना नेपालले कपिलवस्तुमा रसायनीक मल तथा महिला हिंसाका बिषयमा कुरा उठाउनु भएको थियो ।

त्यस्तै राजपाकी सदस्य कल्पना पाण्डेले प्रदेश सरकारले महिलाहरुको क्षमता अभिबृद्धि लगायतका विषयमा काम गर्नु पर्नेमा जोड दिनु भयो । अर्को बैठक साउन १७ गते दिउसो १ बजे बस्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन