बिजय पाण्डे सम्पर्क विहिन ,सक्दौ सेयर गरेर खोजीका लागी सहयोग गरौ

प्रकाशित मिति:

स्याङ्जा -जिल्ला बिर्घा ४ का कक्षा ९ मा अध्यनरत बिजय पाण्डे सम्पर्क विहिन भएका छन् । स्याङ्जा जिल्ला बिर्घा ४ बगैचा निबासी बाबा छबिलाल पाण्डे र माता रुपा पाण्डेका छोरा बर्ष १४ का बिजय पाण्डे आइतबार देखि सम्पर्क बिहिन भएका हुन । स्याङ्जा देखि बसाइँसराइ गरेर बिगत ४ वर्ष देखि बर्दघाट पुनर्बास बस्दै आएका पाण्डे दुई दिन अघि घरमै खाना खाएर अनि खाएका भाडाकुडा सबै सफागरेर पढ्नका लागि नजिकैको स्कुल हिडेको तर अहिले सम्म घर नफर्किएको आमा रुपा पान्डेले बताएकी छन् । यदि कसैले देख्नु भो अनि फेला पार्नु भयो भने नजिकैको प्रहरी चौकी तथा सम्पर्क नम्बर ९८५७०३०५८७ मा खबर गरेर सहयोग गर्न परिवारले अनुरोध गरेका छन् ।