विप्लव नेतृत्वको नेकपाका चार नेता बाँकेबाट पक्राउ

१३ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
35 Shares


बाँके – प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका चार जना नेतालाई बाँकेबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला कमिटी सदस्य तथा न्यायिक विभाग प्रमुख चित्रबहादुर विक, जनसरकार प्रमुख कृष्णबहादुर शाही, सैन्य फाँटका भेरी ब्यूरो प्रमुख दानबहादुर फडेरा र पूर्व जनसरकार प्रमुख सन्तोष बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

विक र शाही सोमबार पक्राउ परेका हुन् । फडेरा र बस्नेत भने मङ्गलबार पक्राउ परेका हुन् । शाहीविरुद्ध संगठित अपराधमा मुद्धा चलाइएको छ । यसैगरी विकमाथि राजद्रोहको मुद्धा चलाइएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार जिल्लाका विभिन्न स्थानबाट चार जना पक्राउ परेका हुन् ।

शाही एनसेलको टावरमा आगजनी गरेको अभियोगमा फरार रहेको प्रहरीले जनाएको छ । मङ्गलबार पक्राउ परेका व्यक्तिहरुमाथि म्याद थप भई अनुसन्धान चलिरहेको एसपी पौडेलले बताउनुभयो ।विप्लव समूहका पक्राउ परेका नेताहरु विभिन्न स्थानमा बम राख्ने कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ । सरकारले प्रतिबन्ध लगाएपछि बाँकेमा विप्लव समूहका गतिविधि नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाली जनसंम्पर्क समिती अमेरीकाको अध्यक्षबाट गोरख (आनन्द)  बिष्टलाई हटाउने निर्णय
  • सबल नेपाल सप्तरी द्वारा स्वास्थ सामग्री सहयोग
  • आजको राशिफल हेर्नुहोस
  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…