नेपाली गार्मेन्ट यूएई पुर्‍याउने राजदूतको आश्वासन

प्रकाशित मिति:

बाँके – नेपालका लागि यूएईका राजदूत सईद हमदन अल नकिव बुधबार महिला उद्यमी कश्मीरा खातुन९काली मिया०ले नेपालगञ्जको घरबारी टोलमा सञ्चालन गर्नुभएको लुम्बिनी गार्मेन्टमा पुग्नुभयो ।

मियाले सञ्चालन गर्नुभएको गार्मेन्ट गएको वर्ष आगलागीमा परेर नष्ट भएको थियो । मियाको अथक प्रयासपछि पुनः सुरु भएको गार्मेन्ट पुगेर राजदूत नकिवले उत्पादनलाई यूएईमा बजार विस्तारका लागि आफूले पहल गर्ने आश्वासन दिनुभएको छ ।यसैबीच राजदूत नकवीलाई नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले बुधबार नेपालगञ्जमा स्वागत गरेको छ । सङ्घको कार्यालयमा राजदूत नकवीलाई स्वागत गर्दै सङ्घका कार्यवाहक अध्यक्ष अव्ब्दुल वाहिद मन्सुरीले उद्योग, व्यापारको प्रबर्द्धनका लागि यूएई सरकारको साथको अपेक्षा गरिएको बताउनुभयो ।राजदूत नकवीले नेपालीलाई सहयोगका लागि यूएई सधैँ तयार रहेको बताउनुभयो ।