सुनको भाउ घट्यो

१३ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
56 Shares


काठमाडौं–बुधबार सुनको भाउ तोलामा १०० ले घटेको छ । बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो। मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो । यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ।

चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया