अन्तिम खेलमा नेपाल पराजित

प्रकाशित मिति:

काठमाडौं २३ वर्षमुनिको एएफसी यू–२३० च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति भएको खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो ।

छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो । यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा कतारसँग ५–० को हार व्यहोरेको थियो ।

अफगानिस्तानको जितमा सोलोमोन साह र अहमेद ओम्रानले एक एक गोल गरे । खेलको २४ औँ मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई सुरूवाती अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३४ औँ मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २–० को सहज जित दिलाए ।त्यस्तै समूह ‘ए’बाट आयोजक कतार शीर्षस्थानमा रहँदै थाइल्याण्डमा अर्को वर्ष आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपमा छनोट भएको छ । मंगलबार राति नै भएको कतार र ओमनबीचको खेल दुई दुई गोलको बराबरीमा रोकिएपछि कतार गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा रहँदै च्याम्यिनसिपका लागि छनोट भएको हो ।