मालारानी गाँउपालिकामा स्थानीय एक व्यपारी शंकास्पद अबस्थामा मृत फेला

प्रकाशित मिति:

अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिकामा स्थानीय एक व्यपारी शंकास्पद अबस्थामा मृत फेला परेका छन ।
मालारानी गाँउपालिका ३ गोहेंली निबासी ४४ बर्षिय भोज बहादुर चौहान मृत अबस्थामा फेला परेका हुन । शुक्रबार देखि घर बाट असामी उठाउन हिंडेका चौहान घर भन्दा करिब १ किलोमिटर तल पैयापाटा डिल बहादुर खनालको घरको दलानमा घाँटिमा डोरिको निशानी भएको अबस्थामा फेला परेका थिए ।
शंकास्पद मृत्यु भएको अबस्थामा शव फेला परेपछि घटनामा संलग्न रहेको हुन सक्ने भन्दै अनुसन्धानको लागि ५ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक नवराज मल्लले बताउनु भयो ।
मालारानी ४ को देउरालीमा पसल गरि त्यही बस्दै आएका चौहानले सोही डिल बहादुर खनाल कै मोबाईल नम्बर बाट आफ्नै छोरा र सालालाई म घेराबन्दिमा परें भन्दै १० बजे तिर फोन सम्पर्क समेत गरेको निजको १७ बर्षिय छोरा मिलन चौहानले बताउनु भयो ।
घटनामा जानाकारि पाउना साथ खन इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाट सुरक्षाकर्मिको टोलि घटनास्थलमा पुगि घटनास्थलको प्रकृति मुजुल्का र पोस्टमार्टम पछि शबलाई आफन्तलाइ बुझाइएको छ ।
घटनाको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरि अनुसन्धान भै रहेको प्रहरी निरीक्षक खिम बहादुर घर्तिमगरले जानाकारी दिनु भयो ।