मिस लुम्बिनी सिजन–३ को फाईनल शुक्रबार हुने

प्रकाशित मिति:

झविन्द्र देवकोटा – बुटवल, १३ चैत । बुटवलमा भएको मिस लुम्बिनी सिजन–३ को फाईनल शुक्रबार हुने भएको छ । गएको माघदेखि अडिशन छनोट प्रकृया सुरु भएको मिस लुम्बिनीको फाईन शुक्रबार हुने भएको हो । माघमा सुरु भएको अडिशनमा सहभागि भएका ५० जना प्रतियोगिबाट छानिएका ७ जनाले फाईनलका लागि प्रतिस्प्रर्धा गर्ने भएका हुन् । ड्रिम इभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको मिस लुम्विनीको फाईलनका लागि तयारी पुरा भएको इभेन्टका कार्यकारी प्रमुख प्रकाश दर्लामीले जानकारी दिए । उनले युवतिहरुमा रहेको बाहिरी मात्र हाईन आन्तरिक प्रतिभालाई बाहिर निकाल्नका लागि मिस लुम्विनीलाई निरन्तरता दिइएको बताए । २०७३ मा पहिलो सिजन सम्पन्न गरेको इभेन्ट्सले ७४ मा सिजन दुई गरेको थियो । सिजन तीनको फाईन प्रतिस्पर्धामा सैनामैनाकी १९ वर्षिया पुजा ढकाल, कपिलवस्तु जितपुरकी २१ वर्षिया यामी राना, बुटवलकी २२ बर्षिया सेविका बलाल, १७ वर्षिया सञ्जु थापा, १८ वर्षिया दिपा शर्मा, १८ वर्षिया अनिता बिक, तिलोत्तमाकी २१ वर्षिया अश्विनी कार्कीले आआफ्नो प्रस्तुती देखाउने छन् । फाईनलमा हुने इन्ट्रोडक्सन, फेशन क्याटआक र प्रश्नउत्तर राउण्डमा उनीहरुले आफ्नो प्रस्तुती देखाउने छन् ।

बिजेताले नगद सहित गिफ्ट हेम्पर प्राप्त गर्ने छन् भने मिस सुपरग्लोव सन् २०१९ को प्रतिस्प्रर्धीका लागि सहभागिताको अवसर समेत पाउने छन् । बिजेताले नेपालको प्रतिनिधित्व गर्ने इभेन्ट्सका कार्यकारी प्रमुख दर्लामीले बताए । प्रतियोगिताको फष्ट रनरअपले हङ्गकमा हुने ट्यालेन्ट स्टार इन्टरनेशनलमा सहभागि हुने पाउने, सेकेण्ड रनरअपले युरोपमा हुने कोशोवा वेष्ट मोडल ग्राण्ड युनिभर्समा सहभागिको अवसर पाउने आयोजकले बताए । इभेन्ट्स प्रतियोगिताको कोरियोग्राफी दिपक भट्टराईले गरेका छन ।