अमेरिकामा तेजश्रीको निधन

१३ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
85 Shares


चैत, काठमाडौं । पूर्वपरराष्टमत्री तथा कुटनीतिज्ञ डा।भेषबहादुर थापालाई लगातार दोस्रोपटक सन्तान बियोग खेप्नुपरेको छ । ५ वर्षअघि छोरा भाष्कर गुमाएका डा। थापाले जेठी छोरी गुमाउनुपरेको छ ।न्युयोर्कमा बस्दै आएकी डा। थापाकी छोरी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको छ । सामाजिक न्याय र वकालत क्षेत्रमा काम गरेकी तेजश्रीले संयुक्त राष्टसंघीय मिसनमा पनि काम गरेकी थिइन् । उनको कुन रोगका कारण निधन भएको भन्ने खुलाइएको छ । तर, परिवारका सदस्यहरुबीच उनको निधनको घोषणा गरिएको पत्रकार तथा तेजश्रीकी बहिनी मन्जुश्री थापाका पति ड्यानियल ल्याकले लेखेका छन् । तेजश्रीकी १८ वर्षीया छोरी माया थापा छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया