किन रिसाए सलमान खान?

प्रकाशित मिति:

एजेन्सी आउँदो अप्रिल ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’ रिलिज हुँदैछ ।यस फिल्मको ट्रेलर होलीको अवसरमा रिलिज गरिएको थियो भने फिल्मका गीतहरु पनि रिलिज भइसकेका छन् ।

यस फिल्ममा सलमान खानको बन्न नसकेको अधुरो फिल्म ‘दश’ को गीत ‘सुनो गौर से दुनिया वालो’ लाई स्वीकृति नलिएरै राखिएको छ । यही कारण सलमान खान निकै रिसाएका खबरहरु सार्वजनिक भएका छन् । यस फिल्ममा अभिनेता विवेक ओबेरोयले नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् ।सलमान खान तथा गीतकारसँग स्वीकृति नलिएरै प्रयोग गरिएको गी विरुद्ध टी–सिरिजले पनि कपिराइटका लागि कुनै कदम चालेको छैन । सलमान खान टी–सिरिजसँग नजिकको सम्बन्ध भएका कारण कुनै एक्शन लिने मुडमा पनि छैनन् । सलमान खानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथ पनि राम्रो सम्बन्ध रहेको छ । यही कारण सलमान कुनै पनि किसिमको दुश्मनी मोल्न चाहिरहेका छैनन् ।

तर यसरी आफूबाट स्वीकृति नै नलिएर विवेक ओबेरोयको फिल्ममा गीतको प्रयोग भएपछि सलमान निकै नै दुःखी छन । सलमान खान र अभिनेता विवेक ओबेरोयबीच अभिनेत्री ऐश्वर्या रायका लागि झगडा भएको थियो । कुनै समयमा सलमान खानकी प्रेमिका रहेकी अभिनेत्री ऐश्वर्या रायसँग विवेक ओबेरोय नजिकिएपछि सलमान र विवेकबीच दुश्मनी सुरु भएको थियो । यी दुवै अभिनेताबीच अहिले पनि बोलचाल सुरु भएको छैन ।फिल्म ‘पीएम नरेन्द्र मोदी’ को विषयमा भारतीय चर्चित लेखक तथा गीतकार जावेद अख्तरले पनि केही दिनअघि ट्वीट गरेका थिए । उनले ट्वीटमा लेखेका थिए, ‘म आश्चर्यचकित छु की यस फिल्मको ट्रेलर र पोस्टरमा मेरो नाम लेखिएको छ । जबकी मैले यस फिल्ममा कुनै पनि गीत लेखेको छैन ।’ जावेदले फिल्मको पोस्टर पनि शेयर गरेका थिए । जसमा उनको नाम राखिएको थियो ।पछिल्लो समय भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा ‘पीएम नरेन्द्र मोदी’ रिलिज हुन लागेको छ । कुनै राजनीतिज्ञको गुणगान गाइएको र यो चुनावी आचारसंहिताविरुद्ध भएको र चुनावअघि चलचित्र रिलिज गर्न नहुने भन्दै भारतीय कांग्रेस पार्टी चुनाव आयोगमा पुगेको छ ।