सिरहामा दुई निरीक्षक निष्कासित, ११ परीक्षार्थीको परीक्षा रद्द

प्रकाशित मिति:

सिरहा – सिरहामा बुधबार भएको माध्यमिक शिक्षा परीक्षा एसईई मा अमर्यादित गतिविधि गरेको भन्दै २ जना निरीक्षक निष्कासनमा परेका छन् भने ११ जना विद्यार्थीको परीक्षा रद भएको छ ।

परीक्षामा विद्यार्थीाई चिट चोर्न सहयोग गरेको भन्दै चन्द्र मा।वि। परीक्षा केन्द्र सिरहा, र सारस्वर मा।वि। परीक्षा केन्द्रबाट एक एक जना शिक्षक निष्कासनमा परेका हुन् ।परीक्षा हलभित्रै मोबाइल लगेर प्रश्नपत्र आउट गर्ने तथा अमर्यादित गतिविधि गरेको आरोपमा लहानको बस्तिपुर मा।वि। परीक्षा केन्द्रका ८ जना, सिरहाको सारस्वर मा।वि। परीक्षा केन्द्रका २ जना र चन्द्र मा।वि। परीक्षा केन्द्रबाट १ विद्यार्थीको परीक्षा रद गरिएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दोलराज पाण्डेले जनाकारी दिनुभयो ।निष्कासनमा परेका सबै विद्यार्थीको बुधबारको परीक्षा रद गरिएको पनि इकाई प्रमुख पाण्डेयले जनाउनु भयो । निष्कासनमा पर्ने प्राय विद्यार्थी निजी विद्यालयको रहेको जनाइएको छ ।